STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निलम्बित प्रधानन्यायाधीश जबराको बयान : मुख्य न्यायाधीश पद नदिँदा मविरुद्ध लाग्यो

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १५, बुधबार

 

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुख्य न्यायाधीश पद माग्दा नदिँदा आफूविरुद्ध स्वार्थ समूह लागेको बताएका छन् ।

बुधबार संसद सचिवालयमा महाभियोग सुनुवाइ समिति समक्ष बयान दिने क्रममा तत्कालीन नेपाल बार एसोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद माग्दा आफूले नदिएको र आफूविरुद्ध लागिपरेको बताएका हुन् ।

‘२८ गते (प्रतिनिधिसभा पुनर्स्थापना भएको दिन) अगाडि मैले के गरे ? २८ गते पछि मैले के गरे ? र म माथि प्रस्ताव ( महाअभियोग) आयो ?,’ उनले भने, ‘तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश माग्नुभएको थियो। महासचिव लीलामणि पौडेलले चेम्बरमै आएर मुख्य न्यायाधीश माग्नु भएको थियो । त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ्य थियो। तर म मानिनँ। विधि र शासनको पालना गर्छु भनें। त्यही भएर उहाँहरू मेराविरूद्ध लाग्नुभएको हो।’

जबरा वरिष्ठ अधिवक्ता शम्भु थापामाथि पनि खनिएका छन् । थापाले अदालतलाई अस्थिर बनाउन भूमिका खेलेको आरोप लगाउँदै जबराले सानो भन्दा सानो कुरामा मिडियाबाजी गरिएको पनि बताए ।

Categorized in राजनीति