STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ४, शनिबार

 

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । शनिबार (आज) पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् ।

अध्यक्ष प्रचण्डको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् । त्यस्तै, महासचिवमा देव गुरुङ रहेका छन्, भने उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव भएको छ ।

यता सचिवमा भने गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् ।

कोषाध्यक्षमा भने श्रीराम ढकाललाई बनाउने प्रस्ताव भएको छ । पार्टीको महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटीको बैठकबाट प्रचण्ड अध्यक्षमा चयन भएका थिए ।

Categorized in राजनीति