STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जबरासँगकाे पहिलाे चरणकाे बयान सकियाे

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २८, मंगलबार

काठमाडौं - महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा नाम लिएकाहरूसँग पनि बयान लिने भएको छ । समितिको मंगलबार बसेको बैठकले भाेलि उनीहरूलाई बोलाउने निर्णय गरेको छ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले राणाले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतसँग पनि बयान लिन लागेकाे हाे । 

जबरासँगको एकसराे बयान सकेको छ ।अब उनले नाम लिएका व्यक्तिहरु र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिइने भएकाे छ। 

बयानका क्रममा राणाले आफूमाथि लागेका आराेपकाे बचाउ गर्नुकाे सट्टाे आराेप प्रत्याराेप गर्दै आएका छन् ।

उनले ललिता निवास जग्गा प्रकरणकाे मुद्दाकाे अन्तिम फैसला हुने अघिल्लाे दिन माधव नेपालकाे याेजनामा महाअभियाेग प्रक्रिया अघि बढाइएकाे किटानी नै गरेका छन् ।

Categorized in राजनीति