STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देउवाको उम्मेदवारीविरूद्ध उजुरी

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २५, मंगलबार

 

काठमाडौं - मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक फरक भएको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

डडेलधुराबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका देउवाको नागरिकताको जन्ममिति ३१ जेठ २००३ र मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ उल्लेख भएको भन्दै उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी परेको हो ।

बिपी कांग्रेसबाट देउवाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका कर्ण मल्लले सोमबार निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरक रहेकोले उम्मेदवारी खारेजीको माग गरेका छन् ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरेका छन् । उनले आयोगमा परेको उजुरीको सत्यतथ्य छानविन गरेर आवश्यक कारबाही गरिने बताएका छन् ।

उक्त उजुरी आज मंगलबारसम्म निर्णय हुने पनि मुख्य निर्वाचन अधिकृत वाग्लेले बताएका छन् । उनका अनुसार उजुरीमाथि छानबिन गर्ने समय मंगलबारसम्म छ तबसम्म सत्य तत्थ छानविन हुन्छ ।

Categorized in राजनीति