STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री देउवाले दिए आफूविरुद्ध परेको उजुरीको जवाफ

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २५, मंगलबार

काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ दिएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत मंगलबार उजुरीको जवाफ पठाएका हुन् ।निर्वाचन आयोगले आज २ बजेसम्म जवाफ दर्ता गराउने समय तय गरेको थियो । 

देउवाका विपक्षी नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्म मिति फरक भएको भन्दै उजुरी दर्ता गराएका थिए ।  देउवाको नागरिकतामा जन्म मिति वि.सं. २००३ जेठ ३१ गते छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको पाइएको छ । 

निर्वाचन आयोगले आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो । देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन् ।

Categorized in राजनीति