STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ चैत्र १६, बुधबार

    निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

    काठमाडौँ - आउँदो २२ गतेका लागि निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको आचारसंहिताबारे छलफल गरी सुझाव सङ्कलन गर्न सर्वदलीय बैठक बोलाइएको हो ।   आयोगले चैत २५ देखि निर्वाचनआचारसंहिता लागू गर्ने तयारी गरेको जनाइएको छ । त्यसअघि दलहरूसँग छलफल गरी आचारसंहिता प्रभावकारी बनाउन छलफल गर्न लागिएको आयोग स्रोतले जनाएको छ । आयोगले यसअघि निर्वाचन कार्यतालिका...

  • २०७८ चैत्र १५, मंगलबार

    दलहरूसँग चुनावी तालमेल गर्ने कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

    काठमाडौँ - सत्तारूढ दल नेपाली काङ्ग्रेसले स्थानीय परिस्थति र आवश्यकताअनुसार गठबन्धन गरेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । शुक्रबार सुरु भएर आज (मङ्गलबार) सम्पन्न भएको केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारूढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानीय निर्वाचनमा...

  • २०७८ चैत्र १५, मंगलबार

    सर्वाेच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वाेच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छिन् । विराटनगरस्थित उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई आज (मङ्गलबार) सर्वाेच्चको न्यायाधीशमा नियुक्त गरिएको हो । राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपालिकाको सिफारिसमा राष्ट्रपतिले श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

  • २०७८ चैत्र १५, मंगलबार

    प्रधानमन्त्री देउवा शुक्रवार भारत जाँदै

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारत भ्रमणको...

  • २०७८ चैत्र १४, सोमबार

    कांग्रेस बैठकमा नेताहरू दिए चुनावी तालमेलको सुझाव

    काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा स्थानीय तह चुनावको तयारी, दलहरुबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा छलफल गर्दै आएको छ। बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएकाले यसबारे मापदण्ड बनाउने तयारी भएको छ । पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा चुनावी तालमेल गर्ने कांग्रेसको...

  • २०७८ चैत्र १४, सोमबार

    राप्रपाकाे हाइ कमाण्ड गठन

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समिति (हाइ कमाण्ड) गठन गरेको छ । सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन् । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री राजेन्द्र...

  • २०७८ चैत्र १४, सोमबार

    कांग्रेसको केन्द्रिय समिति बैठक बस्दै, गठबन्धनमा रहने-नरहने टुंगो लगाइने

    काठमाडौं - नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । नेपाली कांग्रेसले दिएको जानकारी अनुसार बैठक विहान ११ बजेका लागि बोलाइएको छ । आज पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लगाउने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन...

  • २०७८ चैत्र १३, आइतबार

    चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता

    काठमाडौं - चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गरे । परराष्ट्रमन्त्री डा...

  • २०७८ चैत्र १३, आइतबार

    प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आइतबार नक्सालस्थित मेरियट होटलमा माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकिएलगत्तै चिनियाँ विदेशमन्त्री वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन् ।  यसअघि मेरियट होटलमै विदेशमन्त्री वाङले...

  • २०७८ चैत्र १३, आइतबार

    चिनियाँ विदेशमन्त्रीले भेटे एमाले अध्यक्ष ओली

    काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्सालस्थित होटल मेरियट पुगेका थिए । ओलीसँगकाे भेटलगत्तै चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ । यसअघि आजै उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।  वाङ यी आजै स्वदेश...

  • २०७८ चैत्र १३, आइतबार

    राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच शिष्टाचार भेट

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।राष्ट्रपति भण्डारीसँगको भेटका लागि चिनियाँ विदेशमन्त्री वाङ आइतबार बिहान शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारीको कार्यकक्षमा भएको भेटमा दुई देशको हित र सहकार्यका सम्बन्धमा छलफल भएको जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग...

  • २०७८ चैत्र १२, शनिबार

    चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

    काठमाडौं- चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाललाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तारन्तर गरे । पोखरामा पनि विमानस्थल हस्तान्तरण कार्यक्रम गरिएको थियो ।...

Pages