STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ बैशाख ११, आइतबार

    नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

    नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । घोषणापत्रमा...

  • २०७९ बैशाख ११, आइतबार

    आज कांग्रेसले चुनावी घाेषणापत्र सार्वजनिक गर्ने

    काठमाडाैं - सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो  । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसाे घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए...

  • २०७९ बैशाख १०, शनिबार

    वैशाख ११ र १२ गते तोकियो उम्मेदवारीको मनोनयन दर्ता

    काठमाडौं - निर्वाचन आयोगले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । निर्वाचन कार्यक्रमअनुसार यही वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते...

  • २०७९ बैशाख १०, शनिबार

    एमालेले टुंग्यायो ५ महानगरपालिका र ९ उप–महानगरपालिकाका उम्मेदवार

    काठमाडौं - नेकपा (एमाले)ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ५ महानगरपालिका र ९ उप–महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । शनिबार (आज) बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ, भने उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, ललितपुर महानगरपालिकाको...

  • २०७९ बैशाख १०, शनिबार

    एमालेबाट ललितपुरको मेयरमा हरिकृष्ण बज्राचार्य र उपमेयरमा मञ्जली शाक्य बज्राचार्य

    काठमाडौं - एमालेले ललितपुर महानगरमा मेयरमा हरिकृष्ण बज्राचार्य र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यलाई उम्मेदवार बनाएको छ । भर्खरै सम्पन्न एमाले बैठकले ललितपुर महानगरको मेयर र उपमेयरको उम्मेदवार तोकेको हो । उम्मेदवारको मनोनयन दर्ता हुने अघिल्लो दिन एमालेले उम्मेवार टुंगो लगाएको हो । आइतबार र सोमबार मनोनय दर्ता हुँदैछ । ललितपुरमा पाँचदलीय गठबन्धनले भने उम्मेदवार तय गरिसकेको छैन। मेयरमा कांग्रेसबाट...

  • २०७९ बैशाख १०, शनिबार

    एमालेबाट काठमाडौँको मेयरका उम्मेदवार केशव स्थापित, उपमेयरमा सुनिता डंगाेल

    काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी  (एमाले)ले काठमाडौँ महानगरको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको जारी केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ । यसअघि सुनिता डंगोलले मेयरको लागि स्वतन्त्र उठ्ने घोषणा सहित प्रतिबद्धता पत्र समेत निकालिसकेकी थिइन् । एमालेले उनीलाई उपमेयरको लागि छानेका हुन् ।

  • २०७९ बैशाख १०, शनिबार

    पुनः उम्मेदवारी दिन रेणु दाहालले दिए मेयर पदबाट राजीनामा

    चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा पुनः उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिएकी हुन्। भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दाहालको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।निर्वाचन आयोगले उम्मेदवार बन्न बहालवला पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न...

  • २०७९ बैशाख १०, शनिबार

    राष्ट्रपति र डब्ल्युएचओका महानिर्देशकबीच शिष्टाचार भेट

    काठमाडौं -  विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँगशिष्टाचार भेटवार्ता गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच शुक्रबार भेटवार्ता भएको हाे ।  राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गरिन्  । महानिर्देशक डा...

  • २०७९ बैशाख १०, शनिबार

    नेपालको खोप अभियान प्रभावकारी - डब्ल्युएचओ महानिर्देशक

    काठमाडौं - काेराेनाविरूद्धकाे खोप अभियान प्रभावकारी भएकाेमा डब्ल्युएचओका महानिर्देशकद्वारा नेपाल सरकारको प्रशंसा विश्वस्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन्। उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको...

  • २०७९ बैशाख १०, शनिबार

    एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुङ्गो आज लगाउने

    काठमाडौं - नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगपालिकाका उम्मेदवारको टुङ्गो आज (शनिबार) लगाउने भएको छ । उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो एमालेले बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा स्थानीय निर्वाचनसम्बन्धी आवश्यक निर्णयसमेत लिइने एक नेताले बताए । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका...

  • २०७९ बैशाख ९, शुक्रबार

    मधेस प्रदेशका आधाभन्दा बढी मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

    काठमाडौं - मधेस प्रदेशका आधाभन्दा बढी मतदात केन्दलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । मधेसका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो । प्रदेशका एक हजार ६३ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा...

  • २०७९ बैशाख ८, बिहिबार

    पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता

    जलेश्वर,  स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै  महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन् । विसं २०७४ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन दिए पनि हराएका थिए । बस्तीका अगुवा मुसहर अमृत सदाका अनुसार अहिले नेताहरूको...

Pages