STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रेशम चौधरीको उम्मेदवारी खारेज

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २५, मंगलबार

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन्। अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए। सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएकी छन्। 

टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।

Categorized in राजनीति