STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गर्दै

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १४, सोमबार

काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले आज (सोमबार) निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै छ ।

समाजवादीका महासचिव डा. वेदुराम भुषालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का सन्दर्भमा पार्टीको नीतिगत प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक हुने जानकारी दिए ।

समाजवादीले काठमाडौंको मीनभवनस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुनेछ ।

एकीकृत समाजवादीले आगामी प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ ।

जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरब्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टीका महासचिव भुसालले जानकारी दिए ।

Categorized in राजनीति