STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २६, बुधबार

काठमाडौं - मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् ।

निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए । नेकपा एमालेलाई आफ्नो समर्थन रहेको भन्दै मनाङेले एमाले नेताहरु पोल्देन छोपाङ गुरुङसँग तस्विर खिचाएका थिए ।

Categorized in राजनीति