STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २७, बिहिबार

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएर फिर्ता नलिनेहरुलाई एकमुष्ट कारवाही गरेको छ । बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेकाे हाे।

गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति जनाइएकाे छ ।

अधिकांश प्रभावशाली नेताहरुले बागी फिर्ता लिएनन् ।गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए ।कांग्रेसका केन्द्रीय सदस्य रहेका दिनेश कोइराला चितवन-३ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् भने पूर्वसांसद अमरेशकुमार सिंह सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । चितवन-३ मा कोइरालालाई एमालेले समर्थन गरेको छ ।पौडेलकाअनुसार उनीहरूलाइ ५ बर्षका लागि निस्कासन गरिएको छ ।

Categorized in राजनीति