STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माओवादीको प्रतिबद्धतापत्र सार्वजनिक : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १४, सोमबार

 

काठमाडौं - नेकपा माओवादी केन्द्रले चुनावकेन्द्रित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्तावदेखि स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने उल्लेख छ ।

धर्म निरपेक्षतालाई आत्मसात् गर्दै विपन्न, असहाय, सीमान्तकृत, लोपोन्मुख र उत्पीडित वर्गका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ । यस्तै, वर्तमान परिवर्तन र संविधानलाई आवश्यकताअनुरूप परिमार्जन र विकास गर्दै लगिने भनिएको छ ।

नेपाललाई समाजवादमा लैजाने नै रणनीतिक लक्ष्य एवम् कार्यभार रहेको पनि प्रतिबद्धतापत्रमा भनिएको छ । २१ औं शताब्दीअनुरूपको समाजवादी नेपाल निर्माणका निम्ति नीति, कार्यक्रम र आचरणमा केन्द्रित हुने पनि भनिएको छ ।

Categorized in राजनीति