STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राप्रपाकाे घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि अभिभावकीय राजसंस्थासम्म

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १४, सोमबार

काठमाडौं - राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ ।

सोमबार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचति कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको हो ।

राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहनुपर्ने पनि बताएको छ । उसले संसद पूर्ण समानुपातिक हुनुपर्ने र प्रदेश खारेज गर्नुपर्नेमा जोड दिएको छ । 

प्रदेश खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना बनाउनुपर्नेमा राप्रपाको जोड छ । 

Categorized in राजनीति