STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालेनकाे तस्बिर दुरूपयाेग गरी मत माग्दै साहका समर्थक

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ४, शुक्रबार

काठमाडौं - नेकपा एमालेको टिकट त्यागेर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहका समर्थकहरुले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ को तस्विरको दुरुपयोग गर्दै मत मागिरहेका छन् ।

निर्वाचन आयोगको कार्यालयमा आफ्नो चुनाव चिन्हको तस्विर दुबै हातले समातेर खिचेको तस्विरमा साहका समर्थकहरुले सम्पादन गर्दै प्रभु साहको तस्बिर र चुनाव चिन्ह राखेर सामाजिक संजालहरुमा प्रचार गरिरहेका छन् । यो सम्पादन गरिएको तस्बिर साहका धेरै समर्थकहरुले वास्तविक नै मानेर सेयर गरिरहेका छन् ।

साह समर्थकहरूले स्वतन्त्रबाट जितेर आइडल नगर प्रमुख बनेका बालेनले स्वतन्त्र उम्मेदवार बनेका साहलाई समर्थन गरेको भन्दै प्रचार गरिरहेका छन् । 

साहको यो चुनावी प्रचार शैलीको आलोचना पनि भइरहेका छन् । सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रभु साहले बालेनको लोकप्रियतालाई दुरुपयोग गर्न खोजेको भन्दै आपत्ती जनाएका छन् ।

बालेनको फोटो दुरुपयोग गरिएको बारेमा उम्मेदवार प्रभु साह तथा उनको सचिवालयले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन् ।

यसअघिका तीन निर्वाचनमा दलबाट प्रतिनिधित्व गरेका साहको लागि यसपटक स्वतन्त्रको यात्रा नौलो हो । निर्वाचन आयोगले उनलाई ‘चापाकल’ चुनाव चिन्ह दिएको छ । उनी सोही चुनाव चिन्ह सहित प्रदेश सभाका स्वतन्त्र उम्मेदवार र समर्थक सहित भोट माग्न आफ्नो क्षेत्रमा हिडिरहेका छन् ।

 

Categorized in राजनीति