STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८२ कार्तिक २, आइतबार

    “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” गायक कमल बि क निर्मोहीलाइ प्रदान गरिने

    नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद पचास हजार रुपैयाँ राशी सहितको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ । नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका...

  • २०८२ आश्विन ३१, शुक्रबार

    निर्देशनमा निधार खालि भो सार्वजनिक

    सकृय रुपमा उत्कृष्ट भिडियो निर्माण, निर्देशन गर्दै आईरहनु भएकी नेपाल म्युजिक भिडियो निर्देशक संघका अध्यक्ष  बबिता श्रेष्ठ मलेकले तिहार लक्षित गीत ‘निधार खाली भो’को भिडियो सार्वजनिक गर्नु भएको छ । तिहारको बेला आफ्ना दाजुभाई प्रदेशबाट नफर्किंदाको पीडा र  घरमा दाजुभाईको प्रतिक्षामा बसेकी चेलिको अगाडी एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मश्पर्शी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । जसमा बिमल...

  • २०८२ आश्विन ३१, शुक्रबार

    'मन बिनाको धन’को प्रचारमा तिब्रता

    संगीतकारबाट चलचित्रको निर्देशक बनेका निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को प्रचारमा तिब्रता ल्याएको छ । यसै क्रममा सो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेका छन । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र...

  • २०८२ आश्विन २९, बुधबार

    अमर कलाकार स्वतन्त्र संसार महर्जनको आत्मकथा " झीरमा उनेको मान्छे" लोकार्पण हुने

    आफ्नो कलाकारिता प्रतिभा प्रस्तुत गर्दै जीवनमा गन्तव्य तिर यात्रारत कलाकार स्वतन्त्र संसार महर्जन दैवको लीला अपरम्पार भने जस्तै गत असार २८ गते  अकस्मात् यो संसारबाट बिदा भए । आफ्नो जीवनकालमा कथं एउटा असाध्य रोगसंग जुझिरहेका स्वतन्त्र संसार महर्जन कलाकारिताको उन्नयन  ह्वील चेयर र सहयोगीको सहयोग मा निरन्तर कलाकारिता क्षेत्रमा समर्पित व्यक्तित्व थिए भने स्वतन्त्र संसार महर्जनले  संसार क्रियसन्स नेपाल...

  • २०८२ आश्विन २९, बुधबार

    'त्रिनेत्रधारी’ शिवभजन लिएर आइन निता आचार्य

    'त्रिनेत्रधारी’ बोलको शिवभजन लिएर गायिका निता आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । भक्तिपूर्ण भावनाले भरिएको यस भजनमा गायिकाको भक्ति, समर्पण र भावप्रवण प्रस्तुतिले गीतलाई अझ मार्मिक र प्रभावशाली बनाएको छ । गोविन्द राईको निर्देशन तथा कोरियोग्राफी रहेको भजनको छायांकन र सम्पादन अञ्जय खड्काले गर्नुभएको हो । भिडियोमा गायिका निताका साथमा बालकलाकार महर्षि घिमिरेको समेत अभिनय देख्न सकिन्छ । महर्षि...

  • २०८२ आश्विन २८, मंगलबार

    क्रोधकला शिरोमणि कालु कुमालेको जीवनीमा आधारित म्युजिक भिडियो सार्वजनिक

    क्रोधकला शिरोमणिका रुपमा सुप्रसिद्ध प्राज्ञ कालु कुमाले कुम्हा: ज्यूको ९३ औं वर्ष प्रवेशको अवसरमा  क्रोधकला शिरोमणि फाउन्डेसनको प्रस्तुति स्वरुप "शान्त स्वभावका" शिर्षककाे म्युजिक भिडियो सोमबार एक समारोहमा प्रिमियर गरिएको छ । किर्तिपुर सिनेप्लेक्स हलमा सम्पन्न सो समारोहमा  क्रोधकला शिरोमणि कालु  कुम्हा: लाई समान गर्नु हुँदै कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्ण मान डंगोलले उहाँ नेपालको मुर्तिकला...

  • २०८२ आश्विन १३, सोमबार

    परदेसिन वाध्य बनेकाहरुको पिडा बोकेको ‘झ्याँदी खोला’ को भिडियो सावैजनिक

    परदेसिन वाध्य बनेकाहरुको पिडालाई गीतको माध्यमबाट सन्देश दिने प्रयास गरिएको एउटा गीतको भिडियो हालै सार्वजनिक गरिएको छ ।  युवाहरु किन विदेश पलायन भइरहेका छन् ? यो विषयमा सरकारले धेरै वकालत त गर्छ, चर्को भाषण पनि गर्छन् । तर, यो समस्या दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेको देखिंदैन । फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना त्रिभुवन...

  • २०८२ आश्विन ७, मंगलबार

    नेपालभाषाको पहिलो म्युजिकल भिडियोका रुपमा जयश्री हारतीमां आउने

    नेपालभाषाको सांगीतिक क्षेत्रमा परम्परागत सांगीतिक धरोहर दाफालाई आधार मानेर तयार गरिएको ‘जयश्री हारति मां’ दाफा म्युजिकल भिडियो प्रदर्शनी हुने भएको छ। घिङताङ दाफा समाज, नेपालको प्रयासमा बनेको यस भिडियो को लम्बाइ ४५ मिनेट रहेको छ । भिडियोको निर्माण तथा परिकल्पना शारदा डंगोलले गर्नुभएको हो। निर्देशन दर्शन वीर शाक्यले गर्नुभएको यस प्रस्तुतिलाई पूर्णतया दाफा गीतमै आधारित गरी तयार गरिएको छ। ‘जयश्री...

  • २०८२ आश्विन २, बिहिबार

    थिमीमा खुल्यो लुनाज कलेक्सन तथा नेल स्टेसन

    फेशन तथा श्रृंगारको क्षेत्रमा चर्चा कमाएको लुनाज कलेक्सन तथा नेल स्टेसनको तेर्साटारमा भव्य उद्घाटन गरिएको छ । बडादशैं तथा विश्वकर्मा पूजाको अवसर पारेर सम्पन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा फेशन आइकन, कोरियोग्राफर तथा कलाकार हटिनटी अनु श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र...

  • २०८२ भाद्र २४, मंगलबार

    अन्तर बिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम

    राजधानिमा सम्पन्न ११ औं उपत्यकाब्यापी अन्तरबिद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को. एड. स्कुलका आयन थापा प्रथम भएका छन् । काठमाडौं उपत्यकाका ३४ बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त गायन प्रतियोगितामा आफ्नो उत्कृष्ट गायकीमार्फत आयन थापाले प्रथम स्थान हासिल गरेका हुन् भने कोटदेवी पब्लिक स्कुलका समिपन राई द्वितीय र अमर ईङ्गलिस स्कुलका जेसिका श्रेष्ठ तृतीय भएका थिए ।  गीत रचना तर्फ...

  • २०८२ भाद्र २०, शुक्रबार

    अरुणा रुम्बाको ‘टाढा नजाउ’

    अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा धिरज अधिकारीको दृश्य सम्पादन एवम् कलर रहेको छ । प्रेमिल गीतमा...

  • २०८२ भाद्र १८, बुधबार

    पाठकमाझ आएको 'एक रातको बास’

    नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति कथा संग्रह ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसका उहाँको नियात्रासंग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि आएको छ । २०८ पृष्ठमा फैलिएको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको...

Pages