बैशाख ४ गतेदेखि कमेडी दरबार सिजन ३ प्रसारणमा आउने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २५, बुधबार
पहिलो र दोस्रो सिजनको अपार सफलतापछि लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ अब आफ्नो तेस्रो सिजन लिएर यही बैशाख ४ गते, शुक्रबारदेखि प्रसारणमा आउने भएको छ । करिब तीन महिनाको अन्तरालपछि कार्यक्रम नयाँ भव्य सेट, नयाँ कमेडियन, नयाँ जज तथा थप परिमार्जित फर्म्याटसहित दर्शकमाझ फर्किन लागेको हो।
शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार तेस्रो सिजनलाई अघिल्ला सिजनहरूभन्दा अझ रोचक, मनोरञ्जनात्मक र भव्य बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म विशेष परिवर्तन गरिएको छ।
यस सिजनमा ‘महाराजा’का रूपमा मनोज गजुरेल र ‘महारानी’का रूपमा गौरी मल्ल यथावत रहनुहुनेछ। साथै, यसपटक दिया मास्के नयाँ ‘रानी’का रूपमा शोमा विशेष रूपमा जोडिनुभएको छ, जसले शोको जजिङ प्यानलमा नयाँ आकर्षण र रोचकता थप्ने अपेक्षा गरिएको छ।
अघिल्ला सिजनका अधिकांश लोकप्रिय कलाकारहरू यथावत रहने भए पनि यस पटक केही नयाँ अनुहारहरूको पनि आकर्षक प्रवेश हुने भएको छ। सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा नयाँ कमेडियनका रूपमा ‘कमेडी दरबार’ सिजन ३ मा जोडिनुभएको छ, जसले शोमा थप नयाँ ऊर्जा र हास्यको स्वाद ल्याउने विश्वास निर्माण टिमले लिएको छ।
यस सिजनलाई अझ भव्य बनाउन Dabur Red Paste शीर्ष प्रायोजकका रूपमा रहेको छ। Shreekesh Oil In Association With रहेको कार्यक्रममा Litmus Cable र Dabur Hajmola Zeera Powered By साझेदारका रूपमा जोडिएका छन्।
कार्यक्रम Maya Entertainment द्वारा निर्माण गरिएको हो भने Ad Pad ले यसको मार्केटिङ गरिरहेको छ। प्रसारण साझेदारका रूपमा Prime TV HD रहेको छ भने डिजिटल प्रसारण OSR Reality को YouTube मार्फत हुनेछ।
नयाँ कलाकार, नयाँ जज, नयाँ सेट, सशक्त साझेदारहरू र परिमार्जित प्रस्तुति शैलीसहित ‘कमेडी दरबार’ सिजन ३ ले अघिल्ला दुई सिजनको सफलतालाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
Categorized in साहित्य-कला

