STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सारिका घिमिरेले ल्याए गुन भुल्याैकाे अर्को भाग

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २२, आइतबार

‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को अपार सफलता पछि सारिका घिमिरेले   ‘गुन भुल्यौ-२ साइला दाइ’ लिएर आउनुभएको छ । सारिकाकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ ।

प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ । गीत सार्वजनिक भएको छोटौ समयमै श्रोता/दर्शकको माया बटुल्न सफल भएको छ । ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’ले जस्तै ‘गुन भुल्यौ-२ साइला दाइ’ले पनि सबैको माया पाउनेमा आशावादी रहेको सारिका बताउनुहुन्छ । गीतमा आफूले माया गरेको मान्छे, आफूले गुन लगाएको मान्छेले भुल्दै गएको पीडा व्यक्त गरिएको छ । भुलेर जाने मायालाई सारिकाले गीतमार्फत गुनासो गर्नुएको छ ।

गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशक बिताउनुभएकी सारिकाको यो गीतका टिकटक र रिल्समा पनि निक्कै भिडियो बनिरहेका छन् । गीतको भिडियो सारिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्ल्याउनु भएको छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याति कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।

Categorized in साहित्य-कला