
साहित्य-कला
-
२०८२ बैशाख १७, बुधबार
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान
अमर साहित्यकार वानिरा गिरीको नाममा स्थापना गरिएको वानीरा फाउन्डेसनले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा बुधवार एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशकअघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्चशिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित’ प्राध्यापक रामकुमार पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो । फाउण्डेशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले सो समारोहमा...
-
२०८२ बैशाख ८, सोमबार
ग्रामिण चलचित्र महोत्सवमा प्रदिप खड्का , जीतु नेपाल र केकी अधिकारी उत्कृष्ट ठहरियो
रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड अवार्ड जितेका छन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । रसुवा धुन्चेको गोसाईकुण्ड गाउँपालिकामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर वैशाख ६ गते शनिवार सम्पन्न भएको महोत्सवमा अभिनेता...
-
२०८२ बैशाख ८, सोमबार
कलाकार पहारी र उप्रेती लगायत पत्रकार सुबेदीले पाउने भए हरितारा चलचित्र पुरस्कार
वि.सं . २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी) ले आफू तथा आफ्ना श्रीमान् हरि शमशेरको नाममा अक्षयकोष राखि स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो । हरितारा चलचित्र पुरस्कारको संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले वि.सं .२०८० र ०८१ सालको गरी दुइ वर्षको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी अभिनेता टिका पहारी तथा अभिनेत्री...
-
२०८१ चैत्र २९, शुक्रबार
विख्यात संगीतकार रनजित गजमेरका साथै देशविदेशका २८ जनालाई नइ पुरस्कार
नइ प्रकाशनले आज राजधानी काठमाडौँमा अायोजित एक समारोहमा नेपालका सुविख्यात संगीतकार रनजित गजमेरका साथै नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि सात दशकदेखि प्राज्ञिक रूपमा समर्पित प्रा.चेतोनाथ शर्मा...
-
२०८१ चैत्र २७, बुधबार
नव निर्देशक सुरेन्द्र श्रेष्ठ को निर्देशनमा वरिष्ठ गीतकार प्रकाश दिपको गीत
नेपालको संगीत उद्योगमा स्थापित नाम भइसकेका गीतकार प्रकाश दिप श्रेष्ठ रचित नयाँ र सुन्दर गीत "तिमी मेरो जीवन साथी" हालै सार्वजनिक भएको छ। यस गीतलाई कलाकार सुरेन्द्र श्रेष्ठले निर्देशन गर्नु भएको छ । गीतका स्वर यमन श्रेष्ठ र एन्जेला श्रेष्ठले दिनुभएको छ, जसले गीतलाई अझै मनमोहक र हृदयस्पर्शी बनाएको छ। गीतको रचनाकार प्रकाश दीप श्रेष्ठ हुनुहुन्छ, र यस गीतलाई जीवित जुल्मीले म्युजिक एरेन्ज गर्नुभएको छ।...
-
२०८१ चैत्र २६, मंगलबार
निम म्युजिक अवार्डमा नेपालभाषाका गीतहरु पनि प्रतिस्पर्धामा
पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको आठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२५ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको आठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४० विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको...
-
२०८१ चैत्र २४, आइतबार
भक्तपुरमा दुई साहित्यकार पुरस्कृत
भक्तपुर बाट प्रकाशित हुने स्वर्णद्वार (लुँध्वा) साहित्यिक पत्रिकाले दुई जना साहित्यकारहरुलाई नगद राशि सहित पुरस्कार प्रदान गरेको छ। भक्तपुरमा सम्पन्न एक कार्यक्रममा हर्ष - कृष्ण स्वर्णद्वार पुरस्कार क्रमशः लघुकथाकार न्हुछेभक्त कवां र सौरभ शाक्यलाई प्रदान गरिएको हो । पुरस्कारका दाता समाजसेवी तथा उद्यमी कृष्ण लाल प्रधानका आमाबुवाको नाममा स्थापना गरिएको पुरस्कार स्वरुप नगद ३५ हजार र २५ हजार...
-
२०८१ चैत्र २४, आइतबार
निखिल बिकको अभिनयमा रविको स्वरमा "बाह्रै महिना"
उदियमान गायक रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिनुभएको छ । अमन तामाङको निर्देशन, सम्पादन र कलर रहेको गीतको भिडियोमा निखिल बिक, कविता न्यौपाने, सरोज प्रजा, स्मरिका थापा लगायतका कलाकारको...
-
२०८१ चैत्र १९, मंगलबार
मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न
मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको हो । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य कला संस्कृतिका विषयमा गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता...
-
२०८१ चैत्र १९, मंगलबार
सांस्कृतिक तथा व्यावसायिक विकासको उद्देश्य सहित कुमारीपाटी जावलाखेल महोत्सव हुने
ललितपुर जिल्लाको व्यस्त सडक कुमारीपाटी जावलाखेलमा एउटा बृहत महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल विकास संस्थाको तत्वावधानमा ललितपुर महानगरपालिकाको सह-आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघ तथा ललितपुर चेम्बर अफ कर्मसको सहयोगमा यहि आउँदो २०८१ साल चैत २२ गते शुक्रबार र २३ गते शनिबार दुई दिन सम्म बिहान ८ बजे देखि राती ९ बजे सम्म कुमारीपाटी जावलाखेल सडक महोत्सव २०८१ हुने भएको छ । उक्त महोत्सव...
-
२०८१ चैत्र १७, आइतबार
पीडाको गीतमा मनोरञ्जक प्रस्तुति “धेबा फुत बाबा”
विभिन्न कारणले पैसा सकिएको कथाहरुको संगालो स्वरुप तयार पारिएको हास्य ब्यङ्गात्मक प्रस्तुति "धेबा फुत बाबा“ शनिबार सार्वजनिक गरिएको छ । ५ बर्षदेखि कला, संस्कृति, संगीतका विभिन्न कार्यक्रमहरु नियमित निरन्तर आयोजना गर्दै आएको ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले निर्माण गरेको गीत लेखन, संगीत, संगीत संयोजन, पटकथा तथा निर्देशन भूपेन्द्र बज्राचार्यको रहेको छ । यो गीतको भिडियोको अमर चित्रकारले...
-
२०८१ चैत्र १३, बुधबार
बहु कलाकारले भरिएको नेपालभाषाको म्युजिक भिडियो शनिबार अाउने
नेपालभाषाको गीतसंगीत क्षेत्रमा अहिले म्युजिक भिडियो प्रकाशनको लहर तिब्र गतिमा चलिरहेको छ । यस क्षेत्रका सबै जसो कलाकर्मि कुनैनकुनै म्युजिक भिडियो मा आबद्द रहँदै अाएको अवस्था छ भने यसै क्रममा " धेबा फुत बाबा धेबा फुत " बोलको एउटा गीतको म्युजिक भिडियोमा बहु कलाकार प्रयोग गरेर नौलो स्वाद पस्कने भएको छ । यसको गायनमा भुपेन्द्र बज्राचार्य, सुरजबीर बज्राचार्य,अमोघबीर बज्राचार्य,निल शाक्य,अमर...