STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांखुका जीवन श्रेष्ठ नाटक तालिम दिन लाहानमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण १७, आइतबार

सांखुका युवा  रंगकर्मी जीवन श्रेष्ठको निर्देशनमा सिरहाको लाहानमा आयोजित चारदिने सडक नाटक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमका क्रममा सहभागीहरूले सडक नाटकको अवधारणा, अभिनय, प्रस्तुति शैली तथा सामाजिक सन्देश प्रवाह गर्ने विभिन्न विधाबारे व्यावहारिक प्रशिक्षण प्राप्त गरेका थिए। तालिमको समापनसँगै सहभागी कलाकारहरूले तयार पारेका दुईवटा सडक नाटक लाहानका दुई फरक स्थानमा सार्वजनिक रूपमा प्रदर्शन गरेका थिए।

प्रदर्शनमार्फत सामाजिक चेतना र जनसरोकारका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो। स्थानीय दर्शकले नाटकलाई उत्साहजनक रूपमा स्वागत गरेका थिए।

आयोजकले यस्ता तालिम तथा प्रस्तुतीहरूले स्थानीय कलाकारको क्षमता अभिवृद्धिसँगै सडक नाटकमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Categorized in साहित्य-कला