STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ फाल्गुण २५, मंगलबार

    कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को आज बसेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेकोे छ । श्रेष्ठका अनुसार...

  • २०७७ फाल्गुण २५, मंगलबार

    एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्ने भए निवेदन दिन आग्रह

    काठमाडौँ - निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ...

  • २०७७ फाल्गुण २५, मंगलबार

    देशैभरिकाे पार्टी कार्यालयमा एमालेको साइनबाेर्ड राखियाे

    काठमाडौँ - सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेले देशभरका कार्यालयमा रहेको नेकपाको साइनबोर्ड हटाउन थालेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेले आफ्नो साइनबोर्ड राखेको छ । अहिले एमालेले देशभरका आफ्ना कार्यालयहरूमा आफ्नो बोर्ड राखिरहेको छ । यस्तै नेकपा झापाको पार्टी कार्यालयमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि...

  • २०७७ फाल्गुण २५, मंगलबार

    पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा लिएर वली पुगिन् अदालत

    काठमाडौं - नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध राष्ट्रियसभा सदस्य कोमल वलीले गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गर्ने भएकी छन् । पन्तले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दायर गर्न कोमल वली जिल्ला अदालत, काठमाडौं पुगिसकेकी छन् । पन्तले १५ फागुनमा आयोजित एक कार्यक्रममा ‘लैंगिक हिंसा’ हुने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । त्यसपछि पन्तले वलीसँग माफीसमेत मागेका थिए ।

  • २०७७ फाल्गुण २४, सोमबार

    धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय

    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी -एमाले र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् ।  सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय...

  • २०७७ फाल्गुण २४, सोमबार

    एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने

    काठमाडाैं - एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने भएका छन् । पेरिसडाँडामा सोमबार बसेको नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् । बैठकको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग-अलग रुपमा अघि बढ्ने भएका छौँ ।' आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिक मान्दै एमाले र माओवादी केन्द्र ब्यूँतिएको...

  • २०७७ फाल्गुण २४, सोमबार

    एकताकाे सम्भावना खाेज्दै प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक टुंगियाे

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकमा पार्टी एकताको प्रक्रिया जोगाउन सम्भावना खोज्ने विषयमा छलफल भएको छ । पेरिसडाँडामा बसेको बैठकपछि बाहिरिएका नेता रघुजी पन्तले संचारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै बैठकमा एकतालाई जोगाएर जाने सम्भावना खोजी गर्नेबारे छलफल भएको बताए । ‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौँ । मैले पनि त्यही कुरा गरेँ' उनले भने 'अदालतको फैसालबाट नयाँ परिस्थिति आएको...

  • २०७७ फाल्गुण २४, सोमबार

    नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखियो

    विराटनगर - सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले मोरङको विराटनगरमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका...

  • २०७७ फाल्गुण २४, सोमबार

    आज प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै

    काठमाडौं – सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको आज बैठक बस्दै छ । स्थायी कमिटीको बैठक दिउँसाे ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-...

  • २०७७ फाल्गुण २३, आइतबार

    सर्वोच्चले ब्युँताइदियो नेकपा एमाले र माओवादी केन्द्र

    काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको छ। ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज पनि गरेको छ। ’नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला...

  • २०७७ फाल्गुण २३, आइतबार

    प्रचण्ड माधव समूहद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

    काठमाडौँ - आजबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको सुरु भएको केही क्षणमै नेकपा प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेका छन् । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने निर्णयले संसद् बैठक ४ बजे बोलाइएकोमा ५ः१० बजे सुरु भएको हो । प्रतिनिधिसभा बैठकमा सहभागी नेकपा प्रचण्ड माधव समूहले भने बैठक सुरु भएको केही क्षणमै बैठक...

  • २०७७ फाल्गुण २३, आइतबार

    नेकपा राख्ने आयोगको निर्णय सर्वोच्चद्वारा खारेज

    काठमाडौँ – सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ...

Pages