STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अफगानिस्तानबाट फर्किए २९६ नेपाली

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ३, बिहिबार

तालिबान समूहले अफगानिस्तानमाथि नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ९६ जना नेपाली स्वदेश आइपुगेका छन् ।

मंगलबार बिहान एक सय १८ जना, राति ८४ जना, बुधबार बिहान ६५ जना र दिउँसो २५ जना, बिहीबार थप आठ जना गरी दुई सय ९६ जना काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर आज जजिरा एअरको कुवेत–काठमाण्डौ नियमित उडानबाट आठ जना नेपाली काठमाडौं आइपुगेको जानकारी दिएको हो ।  

मन्त्रालयले अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह समेत गरेको छ ।कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ भाइबर र ह्वाट्सएपमा  +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन सकिनेछ । 

Categorized in राजनीति