STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ फाल्गुण १६, आइतबार

    विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी

    काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् । विध्वंसात्मक गतिविधिमा संलग्न भएको...

  • २०७७ फाल्गुण १५, शनिबार

    बालुवा पेलेर तेल निस्किनु र ओली सुध्रिनु एउटै : माधव नेपाल

    काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन्  । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताएका छन् । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर...

  • २०७७ फाल्गुण १५, शनिबार

    नेकपा विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ : प्रवक्ता श्रेष्ठ

    काठमाडौँ – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ...

  • २०७७ फाल्गुण १५, शनिबार

    फागुन २३ गते संसद् बैठक बाेलाउन सिफारिस

    काठमाडौं – सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्काे बैठकले फागुन २३ गते संसद् बैठक बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।

  • २०७७ फाल्गुण १४, शुक्रबार

    ओली भेट्न गाैतम बालुवाटारतिर

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले जानकारी दियो। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्। यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    देव गुरुङलाई ओली समुहले प्रमुख सचेतकबाट हटायो

    काठमाडौँ - नेकपाको ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाई नियुक्त गरेको छ । प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नो समूहका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन् । प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए। सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको थियो। आजको बैठकले संसद अधिवेशन...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    नेकपा विवाद टुंगिएपछि सरकारबारे निर्णय : कांग्रेस

    काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले साे निर्णय गरेकाे हाे । संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा गर्न बसेकाे बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट...

  • २०७७ फाल्गुण १३, बिहिबार

    सत्ता साझेदारीबारे प्रचण्ड–नेपाल र जसपाबीच छलफल

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच पनि छलफल भएको छ । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड–नेपालका...

  • २०७७ फाल्गुण १३, बिहिबार

    आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न प्रचण्ड-माधव समूहकाे निर्देशन

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन्।...

  • २०७७ फाल्गुण १२, बुधबार

    ओलीले अब राजीनामा दिएको राम्रो : देउवा

    काठमाडाैँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदा राम्रो हुने बताएका छन् । बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् । तर ओलीको...

Pages