STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देउवालाई चिनियाँ प्रधानमन्त्रीको बधाई

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १३, बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दे‍उवालाई खछ्याङले बधाई सन्देश पठाएकोबारे जानकारी दिएको हो ।

चिनियाँ प्रधानमन्त्री खछ्याङले बधाई सन्देशमा देउवाको कार्यकालमा नेपाल र चीनको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे‍का छन् ।

दुई देशको सम्बन्ध थप सुदृढ बनाउन नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न प्रधानमन्त्री खछ्याङ इच्छुक रहेको चिनियाँ दूतावासले जारेको गरेको विज्ञप्तिमा उल्लेख छ ।

Categorized in राजनीति