STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री बन्नका लागि फेरि जालझेल नगर्न ओलीलाई सचेत

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १६, शनिबार

काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका छन् ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका हुन् । अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस् । जे गर्नुछ पारदर्शी रूपमा गरोस् ।

ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको नेपालको भनाइ थियो ।

उनले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताए । अहिलेको सरकारले जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव उनले दिए ।

आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताए । तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन । हामी विचारमा अडिग योद्धा हौं, उनले भने, हामी अरूको कुरा, आलोचना पनि सुन्छौं । सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं ।

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले बताए । म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो । सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्ने हो, उनले भने ।

नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको पनि बताए । गलत कुराका विरुद्ध सतिशालझैशं उभिने आँट गर्न नेता नेपालले अखिलका नेताहरूलाई सुझाव दिए ।

Categorized in राजनीति