STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १४, बिहिबार

काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरूङले आजै पदभार पनि ग्रहण गरेका छन् ।

अध्यक्षता प्रधानमन्त्रीले गर्ने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ।

Categorized in राजनीति