STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ फाल्गुण २४, सोमबार

    नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखियो

    विराटनगर - सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले मोरङको विराटनगरमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका...

  • २०७७ फाल्गुण २४, सोमबार

    आज प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै

    काठमाडौं – सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको आज बैठक बस्दै छ । स्थायी कमिटीको बैठक दिउँसाे ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-...

  • २०७७ फाल्गुण २३, आइतबार

    सर्वोच्चले ब्युँताइदियो नेकपा एमाले र माओवादी केन्द्र

    काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको छ। ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज पनि गरेको छ। ’नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला...

  • २०७७ फाल्गुण २३, आइतबार

    प्रचण्ड माधव समूहद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

    काठमाडौँ - आजबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको सुरु भएको केही क्षणमै नेकपा प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेका छन् । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने निर्णयले संसद् बैठक ४ बजे बोलाइएकोमा ५ः१० बजे सुरु भएको हो । प्रतिनिधिसभा बैठकमा सहभागी नेकपा प्रचण्ड माधव समूहले भने बैठक सुरु भएको केही क्षणमै बैठक...

  • २०७७ फाल्गुण २३, आइतबार

    नेकपा राख्ने आयोगको निर्णय सर्वोच्चद्वारा खारेज

    काठमाडौँ – सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ...

  • २०७७ फाल्गुण २३, आइतबार

    पुनर्स्थापनापछि आजदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु

    काठमाडाैं – सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक २३ फागुन अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि...

  • २०७७ फाल्गुण २२, शनिबार

    ओली समूहको बैठकमा ११५ सांसद उपस्थित भएको दाबी

    काठमाडाैं – प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा ओली समूहको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएको दाबी गरिएको छन् । बैठकमा ११५ जनाभन्दा बढी सांसद उपस्थित भएको दाबी गरिएको हो । बैठकमा ११५ सांसद उपस्थित भएको राष्ट्रियसभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले दाबी गरे । उनका अनुसार बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएका थिए । उनले भोलि अरू सांसद थपिने...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    पुष्पकमल दाहाल संसदीय दलको नेता चयन

    काठमाडौँ - नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    एकै मञ्चमा प्रधानमन्त्री र विप्लव : तीन बुँदे सहमति : सहमतिमा आशङ्का नगर्न विप्लवको आग्रह

    काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गरे । उनले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गरेका छन् । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    म्यानमार सैन्य सरकारको विराेधमा दूतावासअगाडि विरोध प्रदर्शन

    काठमाडौं - म्यानमारमा सैन्य सरकारले गरेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले म्यानमारमा नरसंहार बन्द गर, म्यानमारमा लोकतन्त्र पुनर्बहाली गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरू त्यहाँका जनताको पक्षमा...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    काठमाडौँ आइपुगे विप्लव, धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

    काठमाडौँ – नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् । सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं पुगेका छन् । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकसाथ एउटै मञ्चबाट सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    म्यानमार दुतावाससामु नागरिक आन्दोलनले प्रदर्शन गर्ने

    काठमाडौं - बृहत् नागरिक आन्दोलनले म्यानमार दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ । आज बिहान ११ बजे म्यानमार दूतावासअगाडि प्रदर्शन गर्ने जनाइएको छ । बृहत् नागरिक आन्दोलनका अनुसार म्यानमारमा लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध दूतावासअगाडि प्रदर्शन गर्न लागिएको हो । म्यानमारमा १ फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । त्यसयता भएका प्रदर्शनका क्रममा कम्तीमा ५४ जनाको मृत्यु...

Pages