STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ श्रावण ११, सोमबार

    उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

    जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ। यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो। जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो । आयोगले ५१ सदस्यीय...

  • २०७८ श्रावण ११, सोमबार

    जसपा आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)आधिकारिकता विवादमा सनाखत गर्न जेलबाट सीधै निर्वाचन आयोगमा पुगेका रेशमलाल चौधरी दुवै पक्षमा सनाखत नगरी तटस्थ बसेका छन् । आयोगमा  उनले आफू दुवै पक्षमा नलागेको बताए । ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भने । जसपाको आधिकारिकता विवाद निरुपणका लागि...

  • २०७८ श्रावण १०, आइतबार

    भीम रावल नेपाल समूहको बैठकमा, राजिनामा फिर्ताको घोषणा

    एमाले उपाध्यक्ष भीम रावल वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । आइतबार शंखमुलमा बसिरहेको नेपाल समूहको स्थायी कमिटी बैठकमा रावल सहभागी भएका हुन् । यसअघि गत बिहीबार स्थायी कमिटी बैठकमा निमन्त्रणा पुगे पनि उनी सहभागी भएका थिएनन् । नेता रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रहका लागि गत बिहीबार नै नेपाल टोखास्थित रावल निवास पुगेका थिए । निवासमा पुगेर...

  • २०७८ श्रावण १०, आइतबार

    निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाज्ञ बोलाएर उनले यस घटनामा भएको अनुसन्धानबारे जानकारी लिएका छन् । ‘चाँडो भन्दा चाँडो दोषी पत्ता लगाएर...

  • २०७८ श्रावण १०, आइतबार

    उमेश श्रेष्ठ नयाँ स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं  - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । श्रेष्ठलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

  • २०७८ श्रावण १०, आइतबार

    प्रचण्डको अभिव्यक्ति ‘हास्यास्पद र मनगढन्ते’ : भीम रावल

    काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध्यक्ष ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा नेता रावलको राजीनामा ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भन्दै टिप्पणी गरेका थिए । रावलले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको...

  • २०७८ श्रावण ९, शनिबार

    सरकार सञ्चालनमा सहयोग गर्ने पाँच दलका शीर्ष नेताबीच सहमति

    काठमाडौं - पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा आज साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष...

  • २०७८ श्रावण ९, शनिबार

    युथ फोर्स र अखिल फोर्स गठन आपत्तिजनक : योगेश भट्टराई

    नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका छन्। पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गरेका हुन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’ उनले...

  • २०७८ श्रावण ९, शनिबार

    काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन

    काठमाडौं - नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा भएको छ । उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा भएको घोषणा कार्यक्रममा सपथ पनि गराइएको थियो । शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ । माइतीघरदेखि नयाँ...

  • २०७८ श्रावण ८, शुक्रबार

    गण्डकी प्रदेशमा ६ जना नयाँ मन्त्री नियुक्त

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। आज मन्त्रिपरिषद बिस्तार गर्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट थप मन्त्री बनाएका छन्। कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्...

  • २०७८ श्रावण ८, शुक्रबार

    राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न ओली शुक्रबार बिहान ११ बजेतिर शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको शीतल निवास स्रोतले जानकारी दियो। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।दुवै जनाबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलेको छैन...

  • २०७८ श्रावण ८, शुक्रबार

    सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताएका हुन् । देउवाले प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५–७ महिना मात्र रहने भन्दै यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए । उनले अघि भने, ‘हामी ऋण...

Pages