relans
ni new 83
nib 2082 5

गण्डकी प्रदेशमा ६ जना नयाँ मन्त्री नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ८, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन्।

आज मन्त्रिपरिषद बिस्तार गर्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट थप मन्त्री बनाएका छन्।

कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।

यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।

जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री यसअघि नै भइसकेका थिए। स्वतन्त्र सांसद राजिब गुरूङ युवा तथा खेलकूद मन्त्री भएका छन्। उनलाई पनि यसअघि नै मन्त्री बनाइएको थियो।

गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त भए पनि पोखरेलले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका थिएनन्। पूर्वसहमतिअनुसार मुख्यमन्त्री अघि नबढेको भन्दै जसपाले सपथ ग्रहण बहिष्कार गरेको छ।

Categorized in राजनीति
ppp 2