STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ फाल्गुण २७, बिहिबार

    पार्टीको बैठक तुरुन्तै बोलाउन माधव नेपालको माग

    काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको बैठक तुरुन्तै बोलाउन माग गरेको छ । नेपालको निवास कोटेश्वरमा बसेको स्थायी कमिटीका सदस्यको भेलाले सर्वोच्चको आदेशअनुसार एमाले पुनःस्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिए । बैठकमा नेता नेपाल निकट १३...

  • २०७७ फाल्गुण २७, बिहिबार

    विश्वासको मत नआए मात्र ओलीले राजीनामा दिने

    काठमाडाैं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन् । प्रेस संगठन नेपालले वीरगञ्जमा बिहिबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजिनामा दिने बताएका हुन् । उनले अन्य दलसँग सहकार्य र गठनबन्धनको सम्भावना पनि उत्तिकै रहेको बताए । पोखरेलले पूर्नजीवित नेकपा एमालेले सबै...

  • २०७७ फाल्गुण २६, बुधबार

    रामबहादुर थापा ’बादल’लाई एमालेको उपाध्यक्ष बनाउने तयारी

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा (एमाले) मा सम्मानजनक स्थान दिने तयारी थालेका छन् । सो अनुसार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ’बादल’ लाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ। तत्कालीन नेकपा एमालेमा पाँचजना उपाध्यक्ष थिए। एमालेका उपाध्यक्षहरू भीम...

  • २०७७ फाल्गुण २६, बुधबार

    जसपाका नेताहरुले भेटे माओवादी केन्द्र र एमालेका नेताहरु

    काठमाडौँ - नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

  • २०७७ फाल्गुण २६, बुधबार

    दलहरुबीच कुरा नमिलेपछि प्रतिनिधसभाकाे बैठक सकियाे, चैत ३ गते अर्काे बैठक बस्ने

    काठमाडौँ - संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि आजको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर सकिएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका दुई जना बहालवाला सदस्य सानु सिवा र सूर्यबहादुर...

  • २०७७ फाल्गुण २५, मंगलबार

    कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को आज बसेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेकोे छ । श्रेष्ठका अनुसार...

  • २०७७ फाल्गुण २५, मंगलबार

    एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्ने भए निवेदन दिन आग्रह

    काठमाडौँ - निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ...

  • २०७७ फाल्गुण २५, मंगलबार

    देशैभरिकाे पार्टी कार्यालयमा एमालेको साइनबाेर्ड राखियाे

    काठमाडौँ - सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेले देशभरका कार्यालयमा रहेको नेकपाको साइनबोर्ड हटाउन थालेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेले आफ्नो साइनबोर्ड राखेको छ । अहिले एमालेले देशभरका आफ्ना कार्यालयहरूमा आफ्नो बोर्ड राखिरहेको छ । यस्तै नेकपा झापाको पार्टी कार्यालयमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि...

  • २०७७ फाल्गुण २५, मंगलबार

    पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा लिएर वली पुगिन् अदालत

    काठमाडौं - नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध राष्ट्रियसभा सदस्य कोमल वलीले गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गर्ने भएकी छन् । पन्तले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दायर गर्न कोमल वली जिल्ला अदालत, काठमाडौं पुगिसकेकी छन् । पन्तले १५ फागुनमा आयोजित एक कार्यक्रममा ‘लैंगिक हिंसा’ हुने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । त्यसपछि पन्तले वलीसँग माफीसमेत मागेका थिए ।

  • २०७७ फाल्गुण २४, सोमबार

    धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय

    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी -एमाले र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् ।  सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय...

  • २०७७ फाल्गुण २४, सोमबार

    एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने

    काठमाडाैं - एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने भएका छन् । पेरिसडाँडामा सोमबार बसेको नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् । बैठकको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग-अलग रुपमा अघि बढ्ने भएका छौँ ।' आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिक मान्दै एमाले र माओवादी केन्द्र ब्यूँतिएको...

  • २०७७ फाल्गुण २४, सोमबार

    एकताकाे सम्भावना खाेज्दै प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक टुंगियाे

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकमा पार्टी एकताको प्रक्रिया जोगाउन सम्भावना खोज्ने विषयमा छलफल भएको छ । पेरिसडाँडामा बसेको बैठकपछि बाहिरिएका नेता रघुजी पन्तले संचारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै बैठकमा एकतालाई जोगाएर जाने सम्भावना खोजी गर्नेबारे छलफल भएको बताए । ‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौँ । मैले पनि त्यही कुरा गरेँ' उनले भने 'अदालतको फैसालबाट नयाँ परिस्थिति आएको...

Pages