relans
ni new 83
nib 2082 5

ओलीले गर्यो नेपालसहित १४ सांसदको पद खारेजीको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १, मंगलबार

नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको स्रोतले बताएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो ।

एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्। उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी छन् ।

Categorized in राजनीति
ppp 2