STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ चैत्र ३, मंगलबार

    शोक प्रस्ताव पारितपछि प्रतिनिधिसभा बैठक सक्याे, चैत ६ गते अर्को बैठक बस्ने

    काठमाडौँ - प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पुर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ बर्षको...

  • २०७७ चैत्र ३, मंगलबार

    प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

    काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको जानकारी गराए । सर्वोच्च अदालतले नै कदम असंवैधानिक ठहर गरिदिएकाले तत्काल अविश्वासको प्रस्तावमार्फत हटाउने भन्दा पनि प्रधानमन्त्री...

  • २०७७ चैत्र ३, मंगलबार

    माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ । यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी...

  • २०७७ चैत्र ३, मंगलबार

    खनाल-नेपालकाे भेलामा सहभागी नहुन कार्यकर्तालाई ओलीकाे आग्रह

    काठमाडौँ - प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहले आयोजना गर्ने कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भोलि र पर्सी आयोजना हुने राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी नहुन अनुरोध गरेका हुन्। पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय...

  • २०७७ चैत्र ३, मंगलबार

    राष्ट्रपतिबाट आज सर्वदलीय बैठक आह्वान

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छिन् । मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

  • २०७७ चैत्र २, सोमबार

    माधव र ओली समूहबीच छलफल : दुवैले अडान छाडेनन्

    काठमाडौँ - नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच विवाद बढ्दै गएपछि सोमबार दुबै पक्षका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सम्पन्न भयाे । बैठकमा दुवै पक्षले आ–आफ्नो अडान छाडेनन् । त्यसपछि महासचिव ईश्वर पोखरेलले पुनः छलफल गर्नुपर्ने धारणा राखे । बैठकमा ओलीले फागुन २८ गते आफू निकटका नेताहरुको बैठकबाट गरेको निर्णय खारेज गर्न माधवकुमार नेपाल समूहले माग गरेको थियो ।...

  • २०७७ चैत्र २, सोमबार

    राष्ट्रपति बंगलादेशको औपचारिक भ्रमणमा जाँदै

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार अर्थात चैत्र ९ गते दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए । काठमाडौँस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर...

  • २०७७ चैत्र २, सोमबार

    ओली र नेपाल पक्षबीच बैठक सकियो : ओलीको निर्णय नेपाल पक्षले नमान्ने

    काठमाडौँ - नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ। बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए। उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए। ‘वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने,...

  • २०७७ चैत्र २, सोमबार

    शान्तिको सम्भावना छैन, फेरि बन्दुक उठ्छ : मोहन वैद्य

    काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको र नेपालमा पुनः नेपालमा बन्दुक उठ्ने चेतावनी दिएका छन् । आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरूले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।...

  • २०७७ चैत्र १, आइतबार

    ओलीको निर्णय अवैध भन्दै निर्वाचन आयाेगलाई माधव नेपाल समूहको पत्र

    काठमाडौं - पदाधिकारी खारेज गर्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई वैधता नदिन भन्दै माधव नेपाल पक्षले निर्वाचन आयोगलाई पत्र लेखेको छ । झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल लगायत ११ जनाले हस्ताक्षर गरेको पत्र आयोगमा पठाएको हो । आइतबार नेपाल समूहले अध्यक्ष ओलीले एकलौटी बैठक राखेर एक पक्षीय ढंगबाट पार्टीका नेताहरुको जिम्मेवारी हेरफेरको निर्णय...

  • २०७७ चैत्र १, आइतबार

    नेपाल-खनाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई कोटेश्वर पुगेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको वैठक सकेर नारायणकाजी श्रेष्ठलाई साथमा लिँदै प्रचण्ड कोटेश्वर पुगेका हुन् । चारजनाको बीचमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बुझिएको छ । फागुन २३ गते सर्वोच्च अदालतले दिएको फैसलापछि माधव नेपाल पक्ष र प्रचण्ड...

  • २०७७ चैत्र १, आइतबार

    माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु : नाम फेर्नेदेखि कारबाहीसम्मकाे एजेन्डा

    काठमाडाैं - नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको नाम फेर्नेदेखि ओली पक्षमा लागेका नेताहरूलाई कारबाही गर्नेसम्मका एजेन्डामा छलफल हुने बताइएको छ । केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सांगठनिक विषयमा छलफल हुने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए । २६ फागुनमा बसेको स्थायी समिति बैठकले १ चैतलाई...

Pages