STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ मा

Janjati Khabar – रासस | २०७८ भाद्र २९, मंगलबार

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आगामी असोज ५ गते काठमाडौंमा बस्ने भएको छ ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।

बैठक आज बस्ने भनिए पनि केही गृहकार्य नपुगेको भन्दै केही दिन पछि सारिएको हो ।

नेकपा (एमाले) बाट फुटेर गठन भएको एकीकृत समाजवादीको पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ । केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

युवा तथा विद्यार्थी सङ्गठन स्थापना भइसकेका छन् भने प्रेस सङ्गठन चाँडै घोषणाको क्रममा छ । मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ ।

Categorized in राजनीति