STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सभामुखले बोलाए सर्वदलीय बैठक

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २८, सोमबार

सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

आज दिउँसो साढे २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सर्वदलीय बैठक बस्ने छ । 

बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । 

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाइएको छ । 

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई पनि बैठकमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुखकाे भूमिका निष्पक्ष नभएकाे आराेप लगाउँदै एमालेले लगातार सदनमा अवराेध गरिरहेकाे छ । 

Categorized in राजनीति