STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ चैत्र २४, मंगलबार

    कर्णाली प्रदेश सरकारका एमालेका तीन मन्त्रीको राजीनामा

    सुर्खेत - कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा...

  • २०७७ चैत्र २३, सोमबार

    मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावको तयारी

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । मुख्यमन्त्री पोखरेललाई अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गराउन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चावीच गठबन्धन बनाउने प्रयास भइरहेको छ । त्यसका लागि कांग्रेसले आन्तरिक छलफल तीब्र पारेको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न विपक्षी दलहरुवीच गोप्य र अनौपचारिक  छलफल तीब्र...

  • २०७७ चैत्र २३, सोमबार

    अनेरास्ववियूले घेर्‍याे आयल निगमकाे कार्यालय

    पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे विराेधमा अनेरास्ववियूले बबरमहलस्थित नेपाल आयल निगमकाे कार्यालय घेराउ गरेकाे छ । एमालेको नेपाल समूहनिकट अनेरास्ववियुले आज मूल्यवृद्धि फिर्ताकाे माग गर्दै निगमको कार्यालय घेराउ गरेको हाे । हिजाे रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य लिटरकाे १ सय २०, डिजेल र मट्टितेलको १...

  • २०७७ चैत्र २२, आइतबार

    राष्ट्रपति र झलनाथ खनालबीच भेटवार्ता

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका...

  • २०७७ चैत्र २२, आइतबार

    ओलीलाई पार्टी एकतामा फर्कन नेपाल पक्षको आह्वान

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ । शनिबार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोेले २०७५ साल जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो । बैठक पछि...

  • २०७७ चैत्र २२, आइतबार

    माओवादी केन्द्रको बैठक स्थगित

    काठमाडौँ - नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए । योसंगै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे...

  • २०७७ चैत्र २१, शनिबार

    नेपाल­ खनाल समूहले सङ्गठन सुदृढीकरण अभियान चलाउने

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल­ खनाल समूहको अबको दुई महिना सङ्गठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । काठमाडौँमा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक खालको कारवाही र तल तहमा अर्काे खालको कारवाही गर्ने काम गरेकाले उक्त अभियानका क्रममा त्यसको विरोध गर्ने र वडातहसम्मै जनवर्गीय सङ्गठन तथा पार्टीको सङ्गठन...

  • २०७७ चैत्र १८, बुधबार

    ‘खुवालुङ’लाई जोडेर पर्यटन क्षेत्रको विकास गरिने : मुख्यमन्त्री शेरधन राई

    प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन्। उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उनले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने...

  • २०७७ चैत्र १८, बुधबार

    नेपाल पक्षले फिर्ता लियो मुख्यमन्त्री राई विरुद्धको अविश्वास

    काठमाडाैं - नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ । गत पुष १२ गते तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहमा रहेका प्रदेश सांसदहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका १६ सांसदहरुले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका हुन् । नयाँ...

  • २०७७ चैत्र १७, मंगलबार

    'ओलीको तानाशाही लाद्ने दुराशय'

    काठमाडौँ - नेकपा एमालेको खनाल–नेपाल समूहले नेतालाई सोधेको स्पष्टीकरण र कारबाही अध्यक्ष केपी शर्मा ओलीको तानाशाही लाद्ने दुराशय भएको बताएको छ । नेपाल समूहको बैठकपछि ११ जना नेताले संयुक्त विज्ञप्ति निकालेर नेताहरूलाई झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने कार्य पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको भेलाको निष्कर्ष छ । माधवकुमार नेपाल र भीम रावललाई भएको कारबाही...

  • २०७७ चैत्र १७, मंगलबार

    माधव नेपाल साधारण सदस्यबाटै निलम्बनमा, ओलीकाे कदम स्वेच्छाचारी र निरंकुश : नेपाल

    काठमाडौं - नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको जनाइएको छ । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलापहरू सच्याएमा निलम्बन अवधि घटाउन सकिने समेत बताइएको छ । पार्टी विरोधी क्रियाकलाप गरेमा निलम्बन...

  • २०७७ चैत्र १५, आइतबार

    प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

Pages