STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ४, बिहिबार

कात्तिक ४, २०७८ - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । आज १ बजे प्रदेशसभा बैठक बस्दैछ ।

शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि २४ असोजमा प्रस्ताव टेबुल गराएपछि प्रदेशसभा बैठक ४ कात्तिकसम्म स्थगित गरिएको थियो ।

तर, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आज बस्ने प्रदेशसभा बैठक रोक्न बुधबार प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो ।

एमालेले आफ्ना सांसद अनुपस्थित हुने भन्दै बैठक सार्न माग राखे पनि प्रदेशसभा सचिवालयले बैठक बस्ने जनाएको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया आजदेखि सुरु हुने भएको हो । मत विभाजनका लागिसमेत प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।

विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

Categorized in राजनीति