STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिश्रको चर्चित दस्तावेज विवेकशील-साझा पार्टीद्वारा पारित

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ११, बिहिबार

काठमाडौं - विवेकशील-साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको बहुचर्चित राजनीतिक दस्तावेजलाई पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई बहुमतले पारित गरेको हो ।

मिश्रले केही समयअघि उक्त ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ राजनीतिक दस्तावेज सार्वजनिक गरेका थिए । दस्तावेजमा संयोजक मिलन पाण्डे असन्तुष्ट भएपछि विवाद बढेको थियो ।

विवाद लम्बिँदै गएपछि मिश्रले एकलरुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गराएका हुन् । पार्टीका दुईतिहाइ केन्द्रीय सदस्य मिश्रको पक्षमा छन् ।

पार्टीका १२४ सदस्यमध्ये आज बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट दस्तावेज अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विधान पनि संशोधन गरेको छ ।

Categorized in राजनीति