STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेले यो वर्ष दसैं लक्षित चियापान नगर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ३१, आइतबार

नेकपा एमालेले यो वर्ष दसैंलक्षित चियापान कार्यक्रम नगर्ने भएको छ ।

दसैँं, तिहार, छठ र नेपाल संवतको अवसरमा गर्दै आएको चियापान यस वर्ष नगर्ने निर्णय भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

कार्यक्रममा बढी भिडभाड हुने भएकाले यो वर्ष चियापान कार्यक्रम नगर्ने निर्णय भएको उनले बताए । 

यसअघि सत्तारुढ नेपाली कांग्रेसले पनि यस वर्ष चियापान नगर्ने निर्णय गरिसकेको छ ।

Categorized in राजनीति