STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रमेश महर्जनको निधन अपूरणीय क्षति : विवेकशील साझा पार्टी

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७८ कार्तिक ३, बुधबार

३ कात्तिक २०७८ (काठमाडौं)– विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधन भएकोमा पार्टीले शोक प्रस्ताव पारित गरी शोक वक्तव्य निकालेको छ । 

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा सोमबार प्रेषित शोक वक्तव्यमा महर्जनको असामयिक निधन पार्टीका लागि मात्र नभएर देशकै लागि अपूरणीय क्षति भएको उल्लेख छ । वक्तव्यमा शोकाकुल परिवारमा हार्दिक समवेदना समेत व्यक्त गरिएको छ ।

एक साताअघि कोभिड–१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको सोमबार अपराह्न निधन भएको हो ।

२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवं उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय हुनुहुन्थ्यो ।

गत स्थानीय तहको निर्वाचनमा उहाँले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरी सम्मानजनक मतसमेत प्राप्त गर्नुभएको थियो ।

२०७२ सालको महाभूकम्पपछि उहाँले पाटनमा नेवाः वास्तुकलामा आधारित ‘पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजना’ अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गर्नुभएको थियो ।

नेपाल सुनचाँदी तथा आभूषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष एवं नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४०÷४१ का अध्यक्ष एवं सफल व्यवसायी महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो ।

 

Categorized in राजनीति