STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ आश्विन १४, बिहिबार

    प्रधान सेनापति र अमेरिकाका राजदूतबीच भेटवार्ता

    काठमाडौँ - प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमार्फत...

  • २०७८ आश्विन १४, बिहिबार

    बिहीबार १० बजेको लागि देउवाले बोलाए सर्वदलीय बैठक

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री भएपछि उहाँले सर्वदलीय बैठक बोलाउनुभएको छैन, यो नै पहिलो हो । त्यस्तो खास एजेण्डा छैन । तर, सबैको कुरा...

  • २०७८ आश्विन १२, मंगलबार

    "सरकारले एमसीसी बिर्सेको हो ?"

    काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले बिर्सेको हो ? भनेर सोधेका छन् । मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्झौता गर्दाताका सरकारको नेतृत्व गरेका दलहरू नै अहिले सरकारमा रहेका बेला एमसीसी सम्झाउन अमेरिका अगाडि आउनुपरेको बताए । ओलीले भने, ‘सरकारको स्मरण शक्ति कम भएको हो कि के हो ? उहाँहरूले नै सम्झौता गर्नुभएको हो ।...

  • २०७८ आश्विन १२, मंगलबार

    परराष्ट्रमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन

    परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सार्क राष्ट्र अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताए ।  उनले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै आन्तरिक विषय भएको बताउँदै ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको बताए ।  आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव...

  • २०७८ आश्विन ११, सोमबार

    राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

    काठमाडौं - प्रमुुख प्रतिपक्षी दल एमालेले सोमबार पनि अवरोध कायमै राखेको छ । एमालेको अवरोधबीच ‘आर्थिक विधेयक, २०७८’ पारित भएको छ । एमालेको अवरोध कायम रहेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘आर्थिक विधेयक, २०७८’माथि दफावार छलफलका लागि प्रस्ताव गर्न अनुमति दिएका थिए । मन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरेपछि दफावार छलफलका लागि अगाडि बढाएका थिए । छलफलमा कुनै सांसदले...

  • २०७८ आश्विन ८, शुक्रबार

    दल विभाजनसम्बन्धी रिटमा कारण देखाउ आदेश

    राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दल दर्ता बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेनन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । रिटमा नेपाल सरकार,...

  • २०७८ आश्विन ८, शुक्रबार

    प्रचण्डसँग चुनाव लड्न बादल तयार

    नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीले निर्णय गरे आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका छन् ।  शुक्रबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै बादलले पार्टीले निर्णय गरे आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।  ‘पार्टीको निर्णय मैले मान्नुपर्छ,’ उनले भने, ‘पार्टीले निर्णय गरेर पठायो भने...

  • २०७८ आश्विन ७, बिहिबार

    राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण

    राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक-२०७८ प्रमाणीकरण गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले बिहीबार साँझ प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै सरकारलाई बजेट खर्च गर्न बाटो खुलेको छ ।  संघीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको...

  • २०७८ आश्विन ६, बुधबार

    खड्का भए परराष्ट्रमन्त्री, शपथपछि आजै न्युयोर्क जाँदै

    काठमाडौं - कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । बुधबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् । मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार...

  • २०७८ आश्विन ५, मंगलबार

    सबै सीमानाका खुला गर्ने सरकारको निर्णय

    बन्द रहेका सबै सीमा नाका खुला हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि कोरोना महामारीको प्रकोप बढेसँगै नेपाल-भारतका अधिकांश सीमाहरू बन्द थिए । कोरोना महामारी कम हुँदै जाँदा मुख्य नाकाहरू संचालनमा ल्याइएका भएपनि यो निर्णयसँगै बाँकी नाका पनि खुल्ने भएको हो ।   यस्तै,...

  • २०७८ आश्विन ५, मंगलबार

    नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा बनाउने तयारी

    प्रधानमन्त्री शेरबहादुर देउवाले डा‌. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा बनाउने तयारी गरेका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति भएपछि प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । खड्कालाई बुधबार मन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी प्रधानमन्त्री देउवाको छ ।  गठबन्धनको बैठकमा प्रधानमन्त्री...

  • २०७८ आश्विन ५, मंगलबार

    टुंगियो सत्ता गठबन्धनको बैठक

    सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक टुंगिएको छ। बालुवाटारमा बसेको बैठक डेढ घण्टाको छलफलपछि सकिएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको बताइएको छ। बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए। यस्तै  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष...

Pages