STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ चैत्र ६, शुक्रबार

    महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

    काठमाडौँ - नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । नेपाल बार एसोसियसनका उपाध्यक्ष बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।

  • २०७७ चैत्र ६, शुक्रबार

    प्रतिनिधिसभा बैठक चैत १० सम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक चैत १० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसद अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ शर्माले लोकसेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस...

  • २०७७ चैत्र ६, शुक्रबार

    आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले दुई आयोगको प्रतिवेदन पेस गर्ने

    काठमाडौँ - प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने...

  • २०७७ चैत्र ५, बिहिबार

    जसपाकाे बैठक अन्तिम समयमा स्थगित

    काठमाडौँ - जनता समाजवादी पार्टी नेपालको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए, तर अचानक बैठक स्थगित गरिएको हो । तयारी नपुगेको कारण बैठक स्थगित गरिएको जनाइएकाे छ । सत्ता समीकरणका लागि कसलाई सहयोग गर्ने विषयमा दुई पक्षको बीचमा कुरा नमिल्दा बैठक स्थगित गरिएको स्राेतले...

  • २०७७ चैत्र ५, बिहिबार

    माधव पक्षधर बैठक : आजकाे ओलीको बैठकमा नजाने, अर्कोपटकदेखि जाने

    काठमाडौँ - नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राखेको सांसदहरूको बैठकमा सहभागी सांसदहरूले मिश्रित भनाइ राखेका छन् । अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुनुपर्ने र हुन नहुने मिश्रित भनाइ सांसदहरूको थियो। ‘अध्यक्ष ओलीले आज बोलाएको संसदीय दलको बैठकमा नजाने निर्णय भयो,’ एक सांसदले भने, ‘अर्कोपटकदेखि जाने र भाग लिने कुरा भएको छ।’ पार्टी एक नै...

  • २०७७ चैत्र ५, बिहिबार

    आज ओली पक्षीय संसदीय दलको बैठक : नेपाल-खनाल समूह सहभागी नहुने

    काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विहान ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा डाकिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाउनु भए पनि माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने बैठकमा...

  • २०७७ चैत्र ५, बिहिबार

    एमाले माधव नेपाल समूहको राष्ट्रय भेला आज सकिँदै

    काठमाडौँ - नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रय भेला आज बिहीबार सकिँदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् । बुधबार उद्घाटन सर्तमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए । पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले...

  • २०७७ चैत्र ४, बुधबार

    माधव पक्षले भने : कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता भएको छैन

    काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव नेपाल पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका प्रकाश ज्वालाले सांसदलाई जानकारी नै नदिइ बसेको एउटा गुटको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आश्चर्य प्रकट गरेका छन् । प्रदेश सभा सदस्य प्रकाश ज्वालाले एमाले प्रदेश सभा दलको नाममा गुटगत बैठक गरेको र बैठकले गरेका...

  • २०७७ चैत्र ४, बुधबार

    प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भने । भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको...

  • २०७७ चैत्र ४, बुधबार

    माधव समूहकाे राष्ट्रिय कार्यकर्ता भेला : स्वेच्छारी शक्तिविरुद्ध लड्ने रणनीति तय गरिने

    काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ । ललितपुरको एक होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । मंगलबार सुरु भेलामा बुधबार पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर...

  • २०७७ चैत्र ४, बुधबार

    एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लियो

    काठमाडौँ - नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा...

  • २०७७ चैत्र ४, बुधबार

    खनाल-नेपाल पक्षको राष्ट्रिय भेला आज

    काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय भेला आज आयोजना हुँदैछ । देशभरबाट २ हजार नेता कार्यकर्ता सहभागी हुने भनिएको भेलामा पार्टी केन्द्रिय कमिटी, केन्द्रिय कमिटीका पुर्व सदस्यहरु, प्रदेश कमिटी सदस्य, संघ तथा प्रदेशका सांसद, पुर्व सांसद, जिल्ला कमिटीका पुर्व सदस्यहरु लगाएत अन्य तहका नेताहरु सहभागी हुनेछन् । अध्यक्ष केपी शर्मा ओली पक्षसँग असन्तुष्ट खनाल...

Pages