राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण
Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ७, बिहिबार
राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक-२०७८ प्रमाणीकरण गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले बिहीबार साँझ प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै सरकारलाई बजेट खर्च गर्न बाटो खुलेको छ ।
संघीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै वर्तमान सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको र १४ सांसदलाई पदमुक्त गर्न सूचना टाँस नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा लगातार अवरोध गर्दै आएको थियो ।
तर, एमालेको अवरोधका बीच विनियोजन विधेयक प्रतिनिधि र राष्ट्रियसभाबाट बहुमतले पारित भएको थियो ।
Categorized in राजनीति

