STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओली र कमल थापाहरुको आतंक परास्त गर्न प्रचण्डको आग्रह

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १४, बिहिबार

काठमाडाैँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँघरमा केपी ओली र कमल थापाहरुको आतंक भएको बताएका छन् । बिहीवार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले केपी ओली र कमल थापाहरुको आतंकलाई परास्त गर्न नेता, कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र आफुविरुद्धमा गुटबन्दी बनाउने कोसिस भइरहेको भन्दै आफु नेतृत्व छाड्न तयार नभएको स्पष्ट पारे । उनले अहिलेको अवस्थामा पार्टी थेग्न सक्ने कोही नदेखेको भन्दै विचार, योजना र कार्यक्रमसहित आउनेलाई नेतृत्व छोड्न तयार रहेको उल्लेख गरे । तर उत्तराधिकारी अहिले नै घोषणा नगर्ने उनको भनाई छ ।

प्रचण्डले भने – ‘आज प्रतिक्रियावादीहरु खुलेआम गाउँघरमा टोलटोलमा उनीहरुको आतंक छ । वाइसियल आतंक छैन । माओवादी आतंक छैन अहिले । अहिले त केपी आतंक । ओली आतंक । जसले गणतन्त्र रोक्नका लागि लड्यो त्यसको पो आतंक छ हामी माथि । के अचम्म भयो यो ? कमल थापा आतंक । कहाँबाट कहाँ पुगेकाहरु चाहीँ तिनीहरुको पो आतंक छ । अनि हामीलाई टुक्राटुक्रा पार्यौँ भनेर उनीहरु दंग परेका छन् ।'

Categorized in राजनीति