STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ चैत्र २, सोमबार

    माधव र ओली समूहबीच छलफल : दुवैले अडान छाडेनन्

    काठमाडौँ - नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच विवाद बढ्दै गएपछि सोमबार दुबै पक्षका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सम्पन्न भयाे । बैठकमा दुवै पक्षले आ–आफ्नो अडान छाडेनन् । त्यसपछि महासचिव ईश्वर पोखरेलले पुनः छलफल गर्नुपर्ने धारणा राखे । बैठकमा ओलीले फागुन २८ गते आफू निकटका नेताहरुको बैठकबाट गरेको निर्णय खारेज गर्न माधवकुमार नेपाल समूहले माग गरेको थियो ।...

  • २०७७ चैत्र २, सोमबार

    राष्ट्रपति बंगलादेशको औपचारिक भ्रमणमा जाँदै

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार अर्थात चैत्र ९ गते दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए । काठमाडौँस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर...

  • २०७७ चैत्र २, सोमबार

    ओली र नेपाल पक्षबीच बैठक सकियो : ओलीको निर्णय नेपाल पक्षले नमान्ने

    काठमाडौँ - नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ। बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए। उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए। ‘वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने,...

  • २०७७ चैत्र २, सोमबार

    शान्तिको सम्भावना छैन, फेरि बन्दुक उठ्छ : मोहन वैद्य

    काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको र नेपालमा पुनः नेपालमा बन्दुक उठ्ने चेतावनी दिएका छन् । आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरूले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।...

  • २०७७ चैत्र १, आइतबार

    ओलीको निर्णय अवैध भन्दै निर्वाचन आयाेगलाई माधव नेपाल समूहको पत्र

    काठमाडौं - पदाधिकारी खारेज गर्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई वैधता नदिन भन्दै माधव नेपाल पक्षले निर्वाचन आयोगलाई पत्र लेखेको छ । झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल लगायत ११ जनाले हस्ताक्षर गरेको पत्र आयोगमा पठाएको हो । आइतबार नेपाल समूहले अध्यक्ष ओलीले एकलौटी बैठक राखेर एक पक्षीय ढंगबाट पार्टीका नेताहरुको जिम्मेवारी हेरफेरको निर्णय...

  • २०७७ चैत्र १, आइतबार

    नेपाल-खनाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई कोटेश्वर पुगेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको वैठक सकेर नारायणकाजी श्रेष्ठलाई साथमा लिँदै प्रचण्ड कोटेश्वर पुगेका हुन् । चारजनाको बीचमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बुझिएको छ । फागुन २३ गते सर्वोच्च अदालतले दिएको फैसलापछि माधव नेपाल पक्ष र प्रचण्ड...

  • २०७७ चैत्र १, आइतबार

    माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु : नाम फेर्नेदेखि कारबाहीसम्मकाे एजेन्डा

    काठमाडाैं - नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको नाम फेर्नेदेखि ओली पक्षमा लागेका नेताहरूलाई कारबाही गर्नेसम्मका एजेन्डामा छलफल हुने बताइएको छ । केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सांगठनिक विषयमा छलफल हुने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए । २६ फागुनमा बसेको स्थायी समिति बैठकले १ चैतलाई...

  • २०७७ फाल्गुण २९, शनिबार

    माधवकुमार समूहले बाेलायाे चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला

     काठमाडौं - नेकपा (एमाले) माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ । शनिबार शँखमूलस्थित एक बैंक्वीटमा छलफल गर्दै सो निर्णय भएको हाे । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक चैत ७ गते आव्हान गरेका बेला सो पक्षले बैठक अगावै दुई दिने भेला गर्ने तयारी गरेको हो । कार्यकर्ता भेलामा आफू निकटको केन्द्रीय सदस्यहरु, संघीय सांसद,...

  • २०७७ फाल्गुण २९, शनिबार

    प्रधामन्त्रीबाट हटाएर देखाउन ओलीको चुनौती

    काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित बृहत् राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिएका हुन् । कसैले हटाए छ भने पनि एमाले २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ । ‘लगभग दुईतिहाई लिएर सिंहदरबार पस्छौँ । १९ महिनापछि...

  • २०७७ फाल्गुण २९, शनिबार

    समानान्तर कमिटी बनाउने माधव नेपाल समूहकाे तयारी, चैत ४ गते राष्ट्रिय भेला

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीले गरेको निर्णय अवैधानिक भएको ठहर गरेको छ । ओलीपक्षीय केन्द्रीय कमिटीकाे बालुवाटारको बैठकलगत्तै नयाँबानेश्वरस्थित होटल अर्यालमा बसेको आकस्मिक स्थायी कमिटी बैठकले उक्त निर्णय पार्टीलाई विभाजनतर्फ लैजाने काम भएको निष्कर्ष निकालेको हो । बैठकले विधान विपरित आएको केपी ओलीको निर्णय...

  • २०७७ फाल्गुण २९, शनिबार

    जसपाले आफ्नै नेतृत्वको सरकारका लागि पहल गर्ने

    काठमाडाैँ – जनता समाजवादी पार्टी, नेपालभित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ । शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन् । जसपा, नेपालका नेता राजकिशोर यादवले देशमा देखिएको समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएको भन्दै प्रधानमन्त्रीको लागि पहल कदमी...

  • २०७७ फाल्गुण २९, शनिबार

    ओलीपक्षीय बैठककाे निर्णय : महासचिवबाहेक सबै पदाधिकारी खारेज

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर  बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए । पार्टी...

Pages