STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगरमा नीलकाजी शाक्य विजयी

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १७, आइतबार

नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनमा नीलकाजी शाक्यको प्यानल विजयी भएको छ ।

प्रकाशमान सिंह र गगन थापाको समर्थनप्राप्त शाक्यको प्यानल भारी बहुमतले विजयी भएको हो । 

आइतबार भएको मतदानमा मतगणनामा शाक्यले ७९६ ल्याएर विजयी भएका हुन् । प्रगतिमान रञ्जितले ३२९ मत मत पाए । निर्वाचनमा कुल ११३९ मत खसेको थियो।

निलकाजीका प्रतिस्पर्धी प्रगतिमान रञ्जितलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र भिमसेनदास प्रधानको समर्थन थियो । यो नतिजासँगै काठमाडौंमा संस्थापन पक्ष कमजोर रहेको देखिएको छ।

१५ वर्षपछि भएको काठमाडौं महानगरको निर्वाचमा उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल ८४१ मत सहित निर्वाचित भइन् ।  सचिवमा ८५३ मत ल्याएका सुशन वैद्य निर्वाचित भए । सहसचिवमा ८३१ मत ल्याएकी बिमला लामिछाने निर्वाचित भइन्  ।

१६१ सदस्यीय महानगर कार्यसमितिका १५४ जना सदस्यहरु सर्वसम्मत निर्वाचित भैसकेका छन् । सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ गरी ७ पदमा सहमति नजुटेपछि चुनाव भएको हो ।

Categorized in राजनीति