STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मुख्यमन्त्री शाक्यले मागे विश्वासको मत, दसैंंसम्म बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २५, सोमबार

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव टेबुल गराएकी छन् । उनले आजको बैठकमा उक्त प्रस्ताव टेबुल गराएकी हुन् ।

शाक्यले उक्त प्रस्ताव टेबुल गराएपछि कात्तिक ४ गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

त्यसपछिको प्रक्रिया भने कात्तिक ४ गतेपछि मात्र सुरु हुने भएको छ ।

शाक्यले विश्वासको मत मागेकाले यो प्रक्रिया दसैँअगाडि नै टुंग्याउन विपक्षी दलले माग गर्दै आएका थिए । तर, सभामुख सानुकुमार श्रेष्ठले कात्तिक ४ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

Categorized in राजनीति