STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अखिल क्रान्तिकारीमा पहिलोपटक महिला अध्यक्ष

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १७, आइतबार

काठमाडौं - नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन्। उनी अखिल क्रान्तिकारीको नेतृत्वमा पुग्ने पहिलो महिला हुन्।

अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक ३५ वर्षको उमेरमा महिला अध्यक्ष हुने अवसर सिंहले पाएकी हुन्। कालिकोटमा जन्मिएकी सिंह २०५७ सालमा १४ वर्षको उमेरमा भूमिगत भई ’जनयुद्ध’मा सहभागी भएकी थिइन। ’जनयुद्ध’मा उनी जनकलाकारको रुपमा एक वर्षसम्म काम गरेपछि विद्यार्थी संगठनमा जोडिएकी थिइन्।

’जनयुद्ध’मा जुम्ला, कालिकोट एउटै जिल्ला हुँदा विद्यार्थी संगठनको कोषाअध्यक्ष हुँदै अध्यक्ष समेत भएकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि जुम्ला र कालिकोट क्रमशः दुवै जिल्ला अध्यक्ष भइ काम गरेकी थिइन। ’जनयुद्ध’मै उनले श्रीमान समेत गुमाएकी थिइन्।

२०६३ सालको अखिल क्रान्तिकारीको १७‍‍औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भएकी थिइन्। २०६५ सालमा एकता केन्द्र मसालसँग एकता भएपछि विद्यार्थी संगठनको सचिवालय सदस्यमा पुगेकी थिइन्। २०६७ सालमा भेरी–कर्णाली विद्यार्थी संगठनको संयोजक हुँदै २०६९ सालमा इन्चार्जको भूमिका निर्वाह गरिन्।

२०७१ सालमा अखिल क्रान्तिकारीको अध्यक्षमा रमेश मल्ल चुनिएपछि उनी सचिव भएकी थिइन्। २०७३ सालमा १० माओवादी घटकबीच एकता भएपछि विद्यार्थी संगठनको संयोजकमा नरेन्द्र न्यौपाने चुनिए भने सिंह उपाध्यक्ष भइन्।

यसअघि अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनमा सबैभन्दा धेरै भोट ल्याएर उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन। उनी त्रिभुवन विश्वविद्यालयमा राजनीतिकशास्त्रमा दोस्रो वर्ष अध्ययनरत छिन्।

Categorized in राजनीति