STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १३, बुधबार

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरू, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी थिए ।

Categorized in राजनीति