STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १६, शनिबार

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्  ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई निर्विरोध दलको नेता चयन गरेको वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पार्टीको संघीय परिषद्का अध्यक्षसमेत रहेका डा.  बाबुराम भट्टराईले यादवलाई दलको नेतामा प्रस्ताव गरेका थिए भने नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए ।

बैठकमा २१ सांसदको उपस्थिति रहेको जनाइएको छ ।

Categorized in राजनीति