STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छानबिन समितिले बुझायो दार्चुला तुइन घटनाको प्रतिवेदन

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १५, मंगलबार

दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइको छ ।

मंगलबार साँझ समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । यसअघि १५ दिनमा तयार पार्नेगरी गठित समितिले म्याद थप गर्दै एक महिनापछि  प्रतिवेदन बुझाएको हो ।

घटनाको प्रतिवेदनमा के उल्लेख छ भन्ने विषय अहिलेसम्म खुलाइएको छैन । प्रतिवेदनको संक्षिप्त व्यहोरा  सार्वजनिक गर्ने मन्त्रालयको तयारी रहेको छ ।

२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए ।

धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा तुइन काटिएपछि धामी बेपत्ता भएका थिए ।

Categorized in राजनीति