STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बागमती प्रदेश मुख्यमन्त्री १४ दिनमै अल्पमतमा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १५, मंगलबार

काठमाडौं  - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् । २ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् ।

एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । हाल प्रदेश मन्त्री रहेका कृष्ण शर्मा खनालले पनि समाजवादीमा सनाखत गर्ने भएका छन् ।

एमालेको ५६ मा नेकपा एसमा १२ जना खुलेका छन् । मिना ज्ञवाली बिरामी भएर आउन नपाएको सांसदहरूको दाबी छ । थप दुईजनासँग पनि कुरा भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको स्रोतले बतायो । यसरी नेकपा एसमा कुल १५ हुन सक्छन् ।

यता, एमालेलाई राप्रपाको दुई सांसद र नेमकिपाको दुई सांसदले समर्थन गर्न सक्ने सम्भावना छ । एमाले र नेमकिपाले साथ दिँदा पनि अष्टलक्ष्मी अल्पमतमा पर्छिन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदौमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन् ।

Categorized in राजनीति