STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माधव नेपालकाे नयाँ दलकाे चुनाव चिह्न विवादमा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २, बुधबार

एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ता गर्ने क्रममा छनोट गरेको चुनाव चिह्नमाथि विवाद देखिएको छ ।

नेपाल समूहले निर्वाचन आयोगमा दिएको दर्ता निवेदनमा पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब उल्लेख गरेको छ । तर, सो चुनाव चिह्न आफ्नो दलको नाममा रहेको भन्दै उन्नत लोकतान्त्रिक पार्टीले विरोध गरेको हो । 

सो पार्टीले खुला किताब चिह्न गत १८ साउनमै दर्ता गरिसकेको दाबी गरेको छ । पार्टीले एमाले (समाजवादी) ले नयाँ चिह्न प्रस्ताव गर्नुपर्ने माग राख्दै निर्वाचन आयोगमा निवेदन दिएको केन्द्रीय सदस्य बोधराज न्यौपानेले जानकारी दिए ।

Categorized in राजनीति